हिमाली आवाज । पोखरा महानगर पालिका वडा न १ मा अबस्थित इन्द्रेणी एकीकृत बिकास केन्द्रले अन्नपूर्ण गाउँ पालिका वडा ४ सल्यानमा अबस्थित भुमेश्वर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
विद्यालयका बालकक्षा देखि ५ कक्षा सम्मका ४१ जना विद्यार्थीलाई ट्राकसुट, स्टेसनरी सामाग्री र खेलकुदका सामग्री बितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद दामोदर बैरागीले स्थानीय सरकारले नीति तथा कार्यक्रम बनाउने बेला सरकारी विद्यालयमा बिद्यार्थीकोहरु कम हुदै जानुको कारणको बारेमा छ्लफल गरेर नीति निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले इन्द्रेणी एकीकृत बिकास केन्द्रले गरेका सामाजिक कार्यहरु गर्व गर्न लाएक रहेकाले अन्य संघ संस्थाले अनुशरण गर्र्नुपर्ने बताउनुभयो ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभाका सांसद दामोदर पौडेल बैरागी, सामाजिक विकाश मन्त्रालयका उपसचिव घनश्याम पौडेल, वडा नं ४ का वडा सदस्य बिजय गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , विभिन्न राजनीति दलका वडा प्रमुख ,केन्द्रका सस्थापक अध्यक्ष राजेन्द्र रमण पराजुली, पुर्व अध्यक्ष राजुरमण आचार्य , खगेन्द्र पराजुली , चक्रपाणी सुवेदी, केन्द्रका पदाधिकारी तथा सदस्यह लगाएतको उपस्थिति रहेको थियो ।
केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निरज बिक्रम राणाले स्वागत र महासचिव वसन्त बास्तोलाले कार्यक्रम सन्चालन गर्नु भएको थियो । सोही विद्यालयका प्रधानाध्यापक तोरण केसीले धन्यवाद जापन गर्नु भएको थियो ।
केन्द्र को आब २०७९÷८० को समिक्षासगै आ. ब. २०८०÷८१ को योजना तर्जुमा कार्यक्रम पनि सल्यान अबस्थित कुटि कृषिफार्म सल्यानमा बैशाख ३० गते बिधान संशोधन देखि अन्य महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले बताउनुभयो ।