फरार टोपबहादुर रायमाझी काठमाडौँबाटै पक्राउ

हिमाली आवाज । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार साँझ काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

रायमाझी विरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी फरार थिए । नेकपा(एमाले)का सचिव समेत रहेका रायमाझीलाई एमालेले केही दिन अघि निलम्वन समेत गरेको थियो ।

Comments
Loading...