माओवादी केन्द्र सौर्यखोलामा विष्णुप्रसाद

हिमाली आवाज । नेकपा(माओवादी केन्द्र)पोखरा १८ सराङकोट अन्र्तगत सौर्यखोलामा विष्णुप्रसाद पराजुलीको अध्यक्षतामा टोल कमिटी गठन गरिएको छ । जसको उपाध्यक्ष चित्राकुमारी अधिकारी र सचिव अनीरुद्र पौडेल रहनुभएको छ ।

सो भेलाले समीक्षा सुनारको नेतृत्वमा दुर्गा पौडेल उपाध्यक्ष,सुजता शर्मा सचिव, सुशिला पोखरेल कोषाध्यक्ष तथा गोमा शर्मा, शान्ति पोखरेल, अस्मिता बुढामगर र शान्ति क्षत्री सदस्य रहने गरी अखिल नेपाल महिला संघ क्रान्तिकारी पनि चयन गरेको छ । बैठकमार्फत दुवै समितिलाई पूर्णता दने निर्णय पनि भएको छ ।

भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री रामजीप्रसाद बरालले पवित्र मनासायका साथ जनताको सेवा गर्ने पार्टी नेकपा (माओवादी केन्द्र) मात्रै भएको दावी गर्नुभयो । उहाँले जनताको सेवा गर्दा धेरै धर्ममिल्ने उल्लेख गर्दै धेरै मानिसको बलिदानीका कारण देशमा परिवर्तन आएको चर्चा गर्नुभयो ।

केन्द्रीय सदस्य दुर्गा विकले जनतासँग पार्टी अभियान सफल भएको भन्दै यसले माओवादी आन्दोलनमा टेवा पुग्ने बताउनुभयो । जनताको दुःखसुखमा पार्टी र आफूपनि सधै साथमा रहेको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा वडा कमिटी अध्यक्ष पूर्णखर तिमिल्सिना, अनेमसंघ क्रान्तिकारी पोखरा संचिवालय सदस्य तुलसी पराजुली, स्थानीय माओवादी नेताहरु चित्रा कुमारी अधिकारी, साहारा नेपाली, समीक्षा सुनार लगायतले पनि धारणा राख्नुभयो ।

सौर्यखोला क्षेत्र पोखराको मुख्यबजार क्षेत्रबाट नजिक भएपनि सोचे अनुसार विकास नभएको,पानीको अभाव रहेको, धेरै सडकको स्तरउन्नति गर्न बाकी रहेको भन्दै समाधानका लागि नेतृत्व समक्ष ध्यानाकर्षण गराएका थिए ।

स्थानीय अनीरुद्र पौडेलको अध्यक्षतामा भएको उक्त भेलामा चित्राकुमारी अधिकारीले स्वागत तथा अनेमसंघ क्रान्तिकारी पोखरा सचिवालय सदस्य पराजुलीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Comments
Loading...