पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा उपयोगमा ल्याइने

हिमाली आवाज । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा उपयोगमा ल्याउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदमा शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई पूर्ण क्षमतामा सञ्चालन गरिने बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ महिनाअघि मात्र निर्माण सम्पन्न भएको थियो ।

“निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक विमानस्थलहरूलाई पूर्ण क्षमतामा उपयोगमा ल्याइनेछ।” सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस विमानस्थल अङ्ग्रेजी नयाँवर्ष २०२३ का अवसर परेर गत पुस १७ गते भव्य समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले उद्घाटन गर्नुभएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल देशका विभिन्न भागमा नीजि क्षेत्रका विमान कम्पनीहरुले आन्तरिक उडान सञ्चालन गरिरहेका छन् । विमानस्थल गत फागुन अन्तिम सातादेखी विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएको छ ।

चिनियाँ कम्पनी सीएएमसी इन्जिीनियरिङले विसं २०७४ असारदेखी विमानस्थलको निर्माण सुरु गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक उडान सञ्चालन भएपनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।पोखरामा पर्यटन व्यवसायी लगायतले छिटो भन्दा छिटो यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकारसँग माग गरेका छन् ।

.सरकारले आगामी वर्षका नीति तथा कार्यक्रममा नयाँ मुलुकहरूसँग हवाई सेवा सम्झौता गरी नेपाली वायुसेवा कम्पनीहरूको अन्तर्राष्ट्रिय बजार विस्तार गरिने उल्लेख गरेको छ ।

Comments
Loading...