परिचय एड्भरटाइजिङ प्रालि १३ औं वर्षमा

हिमाली आवाज । विज्ञापन लगानी हो खर्च होइन भन्ने उद्घोषका साथ वि.सं. २०६७ जेठ ५ गतेबाट सेवा आरम्भ गरेको परिचय एड्भर्टाइजिङ १३ ओैं बर्षमा प्रवेश गरेको छ।

परिचयले डिजाइन, छपाई, इभेन्ट म्यानेजम्यान्ट, अनलाइन सञ्चार माध्यम, एलइडी स्क्रिनबोर्ड, होर्डिङबोर्ड, फ्याक्ट्री स्थापना र सञ्चालन गरी ३ दर्जनभन्दा बढी व्यक्तिलाई रोजगार दिँदै आएको छ।

“राज्यलाई कर तिरी उद्यमशीलताको पाठशालामा रूपान्तरित भएको छोै। परिचयले आफ्नो आयाम र आयातन निजी क्षेत्रबाट विस्तार गरेको जानकारी दिन पाउँदा हामी हर्षित छौं ।” सञ्चालक सोभित बस्यालले बताउनुभयो ।

विज्ञापन भनेकै उद्योग र व्यवसायलाई प्रवद्र्धन गर्ने माध्यम हो, यसमा राज्यका तीनै निकायद्वारा व्यवसायलाई प्रोत्साहन र लगानी मैत्री वातावरण सिर्जना गर्नुपर्नेमा बस्यालले उद्घोष गर्नुभयो । १३ बर्षको दोैरानमा परिचयले गण्डकी प्रदेशको राजधानी पर्यटकीय सहर पोखराको मुटु पृथ्वीचोकमा गण्डकी प्रदेशकै सबैभन्दा ठूला एलइडी स्क्रिनबोर्ड स्थापना र सञ्चालन गरेको पनि बस्यालले बताउनुभयो ।

Comments
Loading...