ट्याक्टरले किचेर प्रधानाध्यापकको मृत्यु

हिमाली आवाज । ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो ।

विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को२त ४६७६ नं को ट्याक्टरले किचिएर प्रधानाध्यापक राईको मृत्यु भएको हो ।

ट्याक्टर चढ्न खोज्दा उहाँ खस्नुभएको थियो । खसेपछि ट्याक्टरको पछाडिको पाङ्ग्राले किचेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ

Comments
Loading...