पोखरामा मोटरसाइकल दुर्घटना:एकको मृत्यु,एक घाइते

हिमाली आवाज । पोखरामा आज विहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चालक तनहुँको म्याग्दे गाउँपालिका—४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ ।पोखरा महानगरपालिका—६ खहरेचोक स्थित हल्लनचोकबाट गैह्राकोचौतारा तर्फ जादै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल विहान अन्दाजी १ः१० बजेको समयमा आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खाएको थियो ।

वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारको लागि मेट्रोसिटी अस्पताल पठाएको थियो । प्रहरीे दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

Comments
Loading...