हिमाली आवाज । आगामी दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पु¥याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिन अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो । एक वर्षभित्र नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थप गरिने अर्थमन्त्री महतले बताउनुभयो ।

आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रति व्यक्ति विद्युत खपत वृद्धि गरी ४ सय ५० किलोवाट घण्टा पु¥याइने उहाँले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणबाट प्रवर्द्धिधत १ सय ११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२.५ मेगावाटको सान्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्द्धिधत जलविद्युत र सोलार आयोजना सम्पन्न१ गरी आगामी आर्थिक वर्षमा करिब ९ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप गरिने अर्थमन्त्रीले बताउनुभयो ।