गण्डकीका पत्रकारलाई खेल पत्रकारिता तालिम

हिमाली आवाज । पोखरामा आयोजित खेल पत्रकारिता तालिम सकिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिम कार्यक्रमको समापनमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सूचना तथ्यमा आधारित र नियम संगत हुनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो,“सूचना तथ्यमा आधारित र नियम संगत हुनुपर्छ । तालिमको आयोजनाको कारण पत्रकारको दक्षता अभिवृद्धि हुन्छ । तालिममा सिकेका ज्ञानलाई समाचार सामाग्रीको माध्यमबाट उतार्नु आवश्यक छ ।”

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र)ले निरन्तरको अभ्यासबाटनै पत्रकारको क्षमता अभिवृद्धि हुने बताउनुभयो ।
उत्कृष्ट समाचार सामाग्री तयार पार्न मेहनत जरुरी रहेको उहाँको भनाई थियो । ‘निखारता थपिन प्राक्टिक्स चाहिन्छ जसको लागि पढ्नुपर्छ, हेर्नुपर्छ अनि लेख्नुपर्छ’ उहाँले भन्नुभयो ।

सहभागी प्रशिक्षार्थी तथा प्रशिक्षकलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी देवेन्द्र, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद न्यौपाने, फोटो पत्रकार सघ कास्कीका अध्यक्ष दुर्गाप्रसाद पौडेल, मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, निवर्तमान अध्यक्ष एकराज गिरी, मञ्च गण्डकीका उपाध्यक्ष तथा तालिम संयोजक सुरज श्रेष्ठ, सचिव शशिकुमार पौडेल, पुर्व सल्लाहकार सुदर्शन रञ्जित लगायतले प्रमाणपत्र वितरण गर्नुभयो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको समापन समारोहमा सहभागीको तर्फबाट बालकुमारी पौडेल तारा र लक्ष्मण विसीले आफ्ना अनुभव सुनाउनुभयो । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव राजाराम पौडेलले गर्नुभएको थियो ।

गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर जेठ १७ गतेबाट आयोजना गरिएको तालिममा गण्डकी प्रदेशमा क्रियाशिल ८० जना पत्रकार सहभागी बनेको कार्यक्रम संयोजक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश खेलकुद परिषद गण्डकी विशेष सहयोगमा आयोजना भएको तालिमको प्रमुख प्रशिक्षक आइसिसिका एम्पायर दुर्गा नाथ सुवेदी देवेन्द्रले क्रिकेट खेलको रिपोटिङको बारेमा सहजिकरण गर्नुभयो।

भलिवल खेलको बारेमा पूर्व राष्ट्रिय भलिवल खेलाडी लेखनाथ लम्सालले सहजीकरण गर्नुभयो ।त्यसोत नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।

Comments
Loading...