कास्की जिल्ला बक्सिङ संघको अध्यक्षमा पुन:श्रेष्ठ

हिमाली आवाज । कास्की जिल्ला बक्सिङ सघंको पाचौ अधिबेशनले सुमन श्रेष्ठको अध्यक्षतामा नया कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
पोखरामा आज सम्पन्न अधिवेशनले पुन श्रेष्ठलाईनै सर्वसम्मत् अध्यक्ष चयन गरेको हो ।

अधिवेशनले समितिको प्रथम उपाध्यक्ष राजबहादुर कोइराला, द्धितिय उपाध्यक्षमा सन्तोष कार्की , सचिवमा शिशिर थापा मगर, सहसचिवमा भक्त तामाङ र कोषध्यक्षमा सजोंग पराजुली चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा सूर्य थापा, अर्जुन गुरुङ, दिनेश बानिया, प्रदीप गुरुङ, बिश्व गुरुङ र महिला सदस्यमा प्रियङका गुरुङ्गलाई सर्वसम्मत् चयन हुनुभयो ।

अधिवेशनको प्रमुख अतिथि नेपाल राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य एवं पुर्व बक्सिङ खेलाडी राजेश गुरुङले खेलकुद क्षेत्रमा सरकारले आवश्यक बजेटनै नछुट्टाएको भन्दै सरकार समक्ष गुनासो गर्नुभयो ।

अधिवेशनमा नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य मानबाहादुर भण्डारीले सर्वसम्मत् नयाँ नेतृत्वले बक्सिङ खेलको लागि राम्रो गर्नेमा बिस्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा खेलकुद पत्रकार मञ्चबाट लाइफटाइम एचिभमेन्ट २०७९ प्राप्त गरेको पुर्व अन्तराष्ट्रिय खेलाडी गणेश भटराई र २०८० बाट सम्मानित पश्मिाञ्चल खेलकुद विकास समितिका प्रशिक्षक निर्देशक विद्या मर्सानीलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा सन् १९६४ का ओलम्पीयन राम प्रसाद गुरुङ, १९८४ का ओलम्पीयनहरु उमेश मास्के, प्रबिन तुलाधर, मानबहादुर श्रेष्ठ, बिष्णु सिहं, रामबहादुर गिरी र डम्बरदत्त भट्ट लयागत बक्सिङ खेलाडीहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...