पर्यटक यातायात चालक तथा सहचालकलाई प्रशिक्षण

हिमाली आवाज । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभीए) गण्डकी प्रदेशले चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ ।
पर्यटक यातायात सेवालाई गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यका साथ संघसँग आवद्ध १२० जना चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको संघका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

संघसँग पर्यटक स्तरीय लगभग ४०० को संख्यामा पर्यटक सवारीसाधन रहेको बताउँदै उहाँले वार्षिक कार्ययोजना अनुरुप नै प्रशिक्षण दिइएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकको आतिथ्यतामा चालक तथा सहचालकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । चालक तथा सहचालकले गर्ने व्यवहारले पर्यटकमा महत्वपूर्ण प्रभाव पार्ने बताउँदै उहाँले सभ्य तथा शिष्ट व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

आतिथ्यता व्यवस्थापन(हस्पिटालिटी म्यानेजमेन्ट) बारे प्रशिक्षण दिदै संघका पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङले हामीले बोल्ने बोली र गर्ने व्यवहारले सभ्यताको संकेत गर्ने बताउनुभयो ।

संघका अध्यक्ष पाण्डेको सभापतित्व एवम् प्रथम उपाध्यक्ष दुर्गादत्त दहालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव विकासप्रसाद कंडेलले गर्नुभएको थियो ।

कार्यक्रममा अग्नी ग्रुपका प्रमुख रामेश्वर महर्जजन, बतास ब्रदर्शका सिइओ राजेश रानाभाट, बतास बर्दश (युडिआर) प्रमुख विनोद पोते, प्रहरी बरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले प्रशिक्षण दिनुभएको थियो ।

Comments
Loading...