स्वर्गद्वारी दर्शन गरी फर्किएका सवार कार दुर्घटनामा ८ जनाको मृत्यु

हिमाली आवाज । प्यूठानस्थित स्वर्गद्वारी मन्दिरबाट दर्शन गरी फर्किएका ८ जनाको कार दुर्घटनामा परी आज दिउसो मृत्यु भएको छ।

मन्दिरबाट फर्किने क्रममा प्यूठानको भिंग्री नजिकै टाकुरा भन्ने स्थानमा सोमबार दिउसो ३ः३० बजेतिर कार दुर्घटना भएको थियो।
जिल्ला प्रशासन प्रमुख मदन कोइरालाका अनुसार मृत्यु हुनेहरुमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा दाङको तुलसीपुर उपमहानगरपालिका– १५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोखरेल र उनका छोराहरू १४ वर्षीय विशाल पोखरेल र ९ वर्षीय विकास पोखरेल रहेका छन्। त्यसैगरी दाङकै लमही नगरपालिका– ७ का ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली शाह र ९ बर्षीय छोरा आदित्य शाहको मृत्यु भएको हो । साथै घोराही उपमहानगरपालिका १५ का वर्ष ११ का शिशिर सुवेदीको पनि दुर्घटनामा ज्यान गएको छ।त्यस्तै कार चालक दाङको लमहीका तारा बहादुर कुमालको पनि मृत्यु भएको छ।

कार घुम्ती भएको बाटोबाट करीव ३५ मिटर तल खसेको थियो। जिल्ला प्रहरी प्रमुख डिएसपी सुभाष खडकाका अनुसार कार बाटोबाट करीव ३५ मिटर तल पोल सहित खसेको थियो।  सो सडक खण्डमा बाटो निकै भिरालो र धेरै घुम्तीहरु भएकोले बर्सेनि मानिसहरुको अकालमै ज्यान जाने गर्छ।

Comments
Loading...