मगर संघ कास्कीको अध्यक्षमा राम थापा चयन

हिमाली आवाज ।    नेपाल मगर संघ, जिल्ला समन्वय समिति कास्कीको अध्यक्षमा राम थापा मगर सर्वसहमत रुपमा चयन हुनुभएको छ ।

पोखरामा भएको २७ औं साधाराण सभा तथा ९ औं जिल्ला अधिवेशनबाट थापा मगरको अध्यक्षतामा एक जना सदस्य पछि थप हुने गरी २९ जनाको कार्य समिति चयन गरिएको हो  ।

जसको उपाध्यक्षमा चन्द्र बहादुर पुन मगर, सचिवमा लाल बहादुर राना मगर, सह–सचिवमा भीम कुमारी गर्बुजा पुुन मगर, शिव थापा मगर, जीवन कुमार थापामगर, नर बहादुर पुनमगर र गोविन्द पुनमगर रहनुभएको छ ।

कोषाध्यक्षमा भक्त बहादुर थापा, सह–कोषाध्यक्षमा देउ कुमारी थापा मगर चयन हुनुभएको छ । सदस्यहरुमा ओम बहादुर थापा मगर, टिकाराम फगामी मगर, रामबहादुर पुनमगर, शुशिला रानामगर, जुम बहादुर रानामगर, राम बहादुर आलेमगर, रिम बहादुर रानामगर, मोहन बहादुर रानामगर, र राम बहादुर मगर चयन हुनुभएको छ ।

त्यसैगरी सुनमाया आलेमगर, बुद्धि बहादुर थापा मगर, जय बहादुर रानामगर, दान कुमारी थापा मगर, हुम बहादुर रानामगर, उमादेबी पाण्डेमगर, र दिलु पुनमगर रहनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै संस्थाका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले आप्mनो भाषा संस्कार, संस्कृति र रितीरिवाजलई संरक्षण गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशले राष्ट्रिय भाषा आयोगले सिफारिश गरे, अनुसार मगर ढुट भाषालाई सरकारी कामकाजको भाषा कार्यन्वयन गरे मात्र मगरको सरकार हुने उहाँले जिकीर गर्नुहुँदै, मगर समुदाय भित्रको पुन थर छुटै जाति नभएको समेत जिकीर गर्नुभयो ।

कार्यक्रममा संस्थाका केन्द्रीय उप–महासचिव खेम पुन मगर, भाषिक उपाध्यक्ष फुल कुमारी थापामगर, गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापामगर, सल्लाहाकार प्रध्यापक मोटीश्वर थापामगर, कास्कीका महिला अध्यक्ष नुनु राना मगर लगायतले मगर सामुदायको अधिकार सुनिश्तिका लागि सवै एक हुनुपर्ने र मगर भाषा अनिवार्य बोल्नुपर्नेमा जोड दिनुभएको थियो ।

Comments
Loading...