पोखरा कलेज अफ म्यानेजमेन्टमा रक्तदान र बृक्षारोपण

हिमाली आवाज । पोखरा कलेज अफ म्यानेजमेन्ट नदीपुर पोखराको बिद्यार्थी क्लबले आज खुला रक्तदान र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कलेज प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा बिबिए ( बिहान र दिवा ) कार्यक्रम तथा बिसिआइएस (बिहानी ) कार्यक्रमका बिद्यार्थी एवं शिक्षक, कर्मबचारी समेत गरी कुल ७५ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेश रक्तसंचार केन्द्रले प्राविधिक सहयोग गरेको क्लबका अध्यक्ष मिन्टु कुमार गुप्ताले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

यसैगरी क्लबले काहुँडाँडा स्थित कलेजको जमिनमा वृक्षारोपण समेत गरेको छ । क्लबका उपाध्यक्ष अलिना गुरुङका अनुसार बिद्यार्थीहरुले तेजपत्ता, सल्ला, अम्बा, चाँप आदि विभिन्न प्रजातिका करीब ५० वटा बेर्नाहरु रोपेका थिए।

पोखरा कलेज अफ म्यानेजमेन्टले जनाए अनुसार पिसिएम बिद्यार्थी क्लब अन्तर्गत बिभिन्न सात बिभागहरु छन् । तिनले समय समयमा खेलकुद, साहित्यिक, सांस्कृतिक र सामाजिक कार्यक्रमहरु आयोजना गरेर बिद्यार्थीहरुमा नेतृत्व विकास एवं ब्यबस्थापन सम्बन्धी सीपको विकास गर्ने प्रचलन चलिआएको छ ।

Comments
Loading...