सुदूरपश्चिमका कानुन मन्त्री चढेको गाडी दुर्घटना, घाइतेको हेलिकप्टरबाट उद्धार गरिदै

हिमाली आवाज । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।

सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको बताइन्छ ।

घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ प्रस्थान गरिसकेको बताइन्छ । गाडीमा चार जना सवार रहेको सबै घाइते भएको स्थानीयले बताएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

Comments
Loading...