नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस’: नेपाल र चीनका दुई÷दुई टोली अघिल्लो चरणमा

हिमाली आवाज । पोखरामा आजदेखी सुरु भएको नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’मा नेपालका दुई र चीनका दुई टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।

फेवातालमा भएको सो प्रतियोगितामा नेपालका चार र चिनियाँ चार गरी आठ टोलीबीचको प्रतिस्पर्धामा दुई÷दुई टोली अघिल्लो चरणमा प्रवेश गर्न सफल भए ।
प्रतियोगितामा दुई सय र पाँच मिटरको दुई÷दुई चरणको प्रतिस्पर्धाबाट सेमिफाइनल प्रवेश गर्ने टोली छनोट गरिएको हो । प्रतियोगिताको सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।

नेपालको ¥याफ्टिङ एण्ड क्यानोइङ एशोसियसन (एनआरसीए) र नेपाल एसोसियसन अफ ¥्याफटिङ एजेन्सिज (नारा) तथा चीनको सिचुवाङ ड्रागन समुह र युनान ड्रागन समुह अघिल्लो चरणमा पर्न सफल भएको प्रतियोगिताका प्राविधिक प्रमुख मीनबहादुर मगरले जानकारी दिनुभयो ।

बोट रेसको दुई सय मिटरमा सिचुवाङले एक मिनेट ४८ सेकेण्ड र र पाँच सय मिटरमा भने चार मिनेट ३८ सेकेण्डमा निर्धारित दूरी पार गरेको थियो । नेपालको नाराको टोलीले दुई सय मिटर मिटरको दुरी एक मिनेट ५३ सेकेण्डमा पार गर्न सफल भयो । यसैगरी पाँच सय मिटर पार गर्न चार मिनेट ४७ सेकेण्ड समय लगाएको थियो ।

यूनानको टोलीले दुई सय मिटरको दुरी एक मिनेट ५५ सेकेण्डमा र पाँच सय मिटरको दुरी भने चार मिनेट ५३ सेकेण्डमा पार गरेको थियो । नेपालको एनआरसीएले दुई सय मिटरको दुरी एक मिनेट ५६ सेकेण्डमा र पाँच सय मिटरको दुरी पाँच मिनेट दुई सेकेण्डमा सम्पन्न गरी अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो ।

चाइना नेपाल फ्रेण्डसिप, पोखरा महानगरपालिका, सिंगापुरको जिएस ड्रागन समुह र फेवा डुंगा व्यवसायी संगठनको टोली बाहिरिएका छन् ।
प्रतियोगितामा विजेता हुने टिमलाई जनही रु पाँच लाख ५० हजार र उपविजेतालाई रु तीन लाख ५० हजारका दरले पुरस्कार प्रदान गरिने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा पहिलोपटक ड्रागन बोट रेस तथा महोत्सव आयोजना गरिएको छ ।

महोत्सवको आज एक भव्य समारोहकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गर्नुभएको थियो ।नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रुपमा रहेका छन् ।

Comments
Loading...