ड्रागन बोट रेस:चीनको सिचुवान च्याम्पियन, नेपाली टोली उपविजेता

हिमाली आवाज । पोखरामा आयोजना गरिएको नेपाल—चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सिमित भएको छ ।

फेवातालमा यही जेठ ८ देखी सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन बोर्ट टिमले दुई सय पाँच सय मिटरको दुवै विधामा च्याम्पियन बन्न सफल भयो ।

नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दुबै विधामा उपविजेता हुन सफल भएको छ । च्याम्पियन बनेको सिचुवान ड्रागन बोट टिमले दुवै इभेण्टमा गरी रु पाँच लाख ५० हजारका दरले रु ११ लाख नगद पुरस्कार सहित उपाधि हात पार्न सफल भयो ।यसैगरी उपविजेता नेपाली टोली नारा ड्रागन बोट टिमले दुवै इभेण्टमा गरी रु सात लाख नगद पुरस्कार पायो ।

सिचुवानले पाँच सय मिटरको दूरी दुई मिनेट २० सेकेण्डमा पूरा गर्न सफल भयो । यसैगरी दुई सय मिटरको दौड ५३ सेकेण्डमा पार गर्दै दोहोरो उपाधि जित्न सफल भयो ।

नेपाली टिम नाराले भने पाँच सय मिटरको दुरी दुई मिनेट २३ सेकेण्डमा पूरा गर्न सफल भयो । यसैगरी दुई सय मिटरको दूरी भने ५६ सेकेण्डमा पार गर्दै उपविजेता भएको हो ।

ड्रागन बोट रेसमा चीनको तीन, नेपालको चार र सिंगापुरको एक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । चीनको युनान प्रान्तको युनान ड्रागन बोट टोली दुवै विधामा तृतीय हुन सफल भयो ।

नेपालको नेपाल ¥याफटिङ एण्ड क्यानोईङ एशोसियसन (एनआरसीए) चौथो भएको छ । प्रतियोगितामा सहभागी सबै टिमलाई जनही रु एक÷एक लाख प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुशिला सिर्पाली, नेपाल स्थित चिनियाँ राजदुत छन् सोङ, पोखरा महानगर प्रमुख धनराज आचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा बोट रेस तथा महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखरा फेस्टिभलको सहयोगी संस्थाका रुपमा थिए ।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो । कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिइने पोखरा महानगरले जनाएको छ ।

Comments
Loading...