पोखरामा चट्याङ लागेर एकको मृत्यु

हिमाली आवाज ।  पोखरामा चट्याङमा परी एक जनाको मृत्यु भएको छ ।

शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गा माटोले बनेको एक तले कच्ची घरको ढोका लगाउने क्रममा अचानक चट्याङले लाग्न जादाँ पोखरा महानगरपालिका—२३ हर्पन बस्ने ४९ वर्षीय देवबहादुर विकको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घटना लगत्तै अस्थायी प्रहरी पोष्ट बाम्दीबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरी मेट्रोसिटी अस्पताल  पठाएकामा प्रहरीले आज विहान २ः२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शव परिक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको छ ।

Comments
Loading...