पोखरा आदर्श सेकेन्डरी स्कुलमा नेपाली हिज्जे प्रतियोगिता

हिमाली आवाज । पोखरा महानगरपालिका—१ बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा पहेँलो सदनका आयुषा कार्की , विजय अधिकारी , प्रतिक दाहाल र मुस्कान नेपालीको समूह प्रथम , रातो सदनका स्नेहा भुजेल ,हेलिना गुरुङ ,सुस्मिता पौडेल र प्रशान्त के सीको समूह द्वितीय र निलो सदनका माधव त्रिपाठी, सबिन जैसी, अपि अधिकारी र सृजना पुनको समूहले तृतीय स्थान हासिल गर्न सफल भयो ।

हिज्जे मास्टरका रूपमा नेपाली विषयका विभागीय प्रमुख एवम् सह प्राचार्य ज्ञानेश्वर सुवेदी र निर्णायक सदस्यका रूपमा नेपाली भाषा शिक्षक सावित्री कार्की रहनु भएको थियो । विद्यालयका प्रशासक गोबिन्दप्रसाद पौडेलको सभापतित्वमा कार्यक्रम भएको हो । प्रतियोगिताको अङक गणकका रूपमा अतिरिक्त क्रियाकलाप प्रमुख तिलक बराल रहनुभएको थियो।

Comments
Loading...