हिमाली आवाज । पृथ्वीराजमार्ग आज साँझदेखी अवरुद्ध भएको छ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको तनहुँ प्रहरीले जनाएको छ ।
![](https://www.himaliawaj.com/wp-content/uploads/2024/04/09-Janhitma-Jari-Jaruri-Suchana-B-1700-x250-Dadelo.jpg)
सडकभन्दा १५० मिटर माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग पूर्ण अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको बताइन्छ ।
राजमार्ग अवरुद्ध भएपछि पोखरा तर्फजाने साना तथा मझौला सवारी साधनहरुको लागि वैकल्पिक बाटो दमौलीको भोर्लेटार चोक–कलेस्ती–दुईपिप्ले–पोल्याङ हुँदै कास्कीतर्फ डाइभर्सन गरिएको प्रहरीले बताएको छ ।