पोखरामा चौधरी ग्रुपको पहिलो सिजी प्लाजा

हिमाली आवाज । चौधरी ग्रुपले पोखरामा पहिलोपटक सिजी प्लाजा स्थापना गरेको छ । यो प्लाजा नेपालमै पहिलोपटक खोलिएको हो । पोखरा–२ अर्चलबोटमा स्थापना गरिएको प्लाजाको सिजीका प्रबन्ध निर्देशक निवार्ण चौधरीले उद्घाटन गर्नुभयो ।

तीन तलामा फैलिएको सिजी प्लाजाको भुईंतलामा सिजी मोटर्स शोरुम छ । जहाँ सिजीको ईलेक्ट्रोनिक कार ‘नेटा भी’ बिक्री र प्रदर्शनीका लागि राखिएको छ ।

पहिलो तलामा सिजी डिजिटल शोरुम, सिजी नेट र सिजी फ्रेस छन् । जहाँ एलजी, सिजी, गोदरेजका टिभी, फ्रिज, वासिङ मेसिन, डिस वासर, चुल्हो, मिक्सर, ग्लाईन्डर, माईक्रो ओभन, वाटर प्यूरिफाई गर्ने विद्युतीय घरायासी सामानहरु, टिसिएल, बेको, बि प्लस डी, केन्ट, एलिकालगायतका सामानहरु बिक्री तथा प्रदर्शनकीका लागि राखिएको सिजी प्लाजाका सञ्चालक तथा सिनियर म्यानेजर वसन्त पालले जानकारी दिनुभयो ।

सिजी प्लाजाको दोश्रो तलामा सिजीसँग सम्बद्ध नबिल बैंक, युनाईटेड ईन्स्योरेन्स र फिनकोका शाखाहरु सञ्चालनमा रहेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक निवार्ण चौधरीले अन्य प्रदेशमा पनि चाँडै सिजी प्लाजा नेटवर्क बिस्तार गर्ने योजना रहेको बताउनभयो ।

Comments
Loading...