हिमाली आवाज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएपछि विद्यार्थी र अभिभावक राम्रो कलेजको खोजीमा हुन्छन् । कक्षा ११ को पढाइ हुने उत्कृष्ट विद्यालयको खोजीमा विद्यार्थीहरु विभिन्न ठाउँहरुमा भौंतारिने गरेका छन् । उत्कृष्ट विद्यालय खोजीमा विद्यार्थीको ध्यान केन्द्रित हुन्छ ।
पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारमा अवस्थित सगरमाथा माध्यमिक विद्यालय पनि अधिकाँस विद्यार्थी र अभिभावकको रोजाईमा पर्ने विद्यालयका रुपमा स्थापित छ । शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल विद्यालय हो सगरमाथा ।
विसं २०५७ मा स्थापना भएको सगरमाथाले पोखरामा मात्र नभई देशमै आफ्नो पहिचान बनाएको छ । स्थापना समयदेखी देशभित्र उत्कृष्ट १० भित्र पर्दै आएको विद्यालयले त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन । उत्कृष्ट शैक्षिक नतिजाका कारणले विद्यालय निरन्तर ‘टप टेन’भित्र पर्ने गरेको छ ।
त्यसो त सगरमाथाले विसं २०६२, २०६४ र २०६५ मा निजी र संस्थागत कलेजहरुतर्फ गण्डकी प्रदेशमै क्षेत्रीय अवार्ड समेत प्राप्त गर्न सफल भयो ।
विद्यालयबाट उत्पादित विद्यार्थीहरुले आफ्नो पेशामा उत्कृष्टता कायम गरेका छन् । जसले गर्दा अहिले अधिकाँस विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आइरहेको छ ।
सगरमाथा माध्यमिक विद्यालयका प्राचार्य धनबहादुर थापा विद्यालयले गण्डकी प्रदेशमा मात्र नभई देशमै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा पहिचान बनाएको बताउनुहुन्छ । गुणस्तरीय शिक्षाका कारण विद्यालयबाट उत्पादित विद्यार्थी आफ्नो पेशामा जहिलेपनि अब्बल बन्न सकेको उहाँको भनाई छ ।
प्राचार्य थापाले भन्नुभयो,“ स्थापनाको समयमा जसरी हामीले देशमै उत्कृष्ट नजिता हासिल गरेर सम्मानित भएका थियौँ । सोही लयलाई अहिले पनि कामयै राख्न सफल छौँ । विज्ञान र व्यवस्थापनको पढाईका लागि सगरमाथा आम विद्यार्थी र अभिभावकको रोजाईमा परेको छ ।”
सगरमाथामा अध्ययन पूरा गरेका २० जना विद्यार्थीले २०७९÷०८० मा सञ्चालित मेडिकल काउन्सिल परिक्षामा उत्तिण भई डाक्टर बन्न सफल भएका छन् ।
त्यसैगरी यस वर्ष लोकसेवा तथा अन्य खुला प्रतिस्पर्धाबाट अधिकृत र इन्जिनियरमा स्थायी रोजगारी प्राप्त गर्नेहरु समेत धेरैनै छन् । कतिपयले चार्टड एकाउन्टेन्टमा नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ । विदेशमा अध्ययन गर्न गएका विद्यार्थीहरुले समेत अमेरिकामा,क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका देशहरुमा छात्रवृत्तिमा नाम निकालेर विद्यालयको गरिमालाई उचो बनाएको प्राचार्य थापा बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,“हामी विद्यार्थीहरुलाई शिक्षण सिकाईका लागि स्वस्थ शैक्षिक वातावरण तयार पारेका छौँ । यहाँबाट पास भएर गएका विद्यार्थीले जीवनमा कहिल्यैपनि पछि फर्केर हेर्नुपरेको छैन, सफलतानै सफलता हासिल गरेका छन् ।”
सगरमाथामा अध्यापन गर्ने शिक्षकहरु समेत अनुभवि रहेका छन् । लामो समयदेखी शिक्षा क्षेत्रमा समर्पित छन् । विद्यालयका संस्थापकहरु आफैले कक्षा लिन्छन् र आफैले व्यवस्थापकीय निर्णय लिने भएकाले विद्यालयको शैक्षिक वातावरण अन्यत्र भन्दा राम्रो छ ।
त्यसैले राम्रो नतिजा ल्याउनका लागि शिक्षकहरुले मिहिनेत गर्ने गरेको बताइन्छ । विद्यालयमा शैक्षिक वातावरणसँगै विभिन्न खेलकुद तथा प्रयोगातत्मक कक्षाहरु समेत सञ्चालन हुने गरेको छ ।
सगरमाथामाले दुई दशकअघिदेखी विज्ञान र व्यवस्थापनमा कक्षा सञ्चालन गर्दै आएपनि यसवर्षदेखी होटल म्यानेजमेन्ट समेत अध्यापनको तयारी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद त्रिपाठीले बताउनुभयो ।
हाल विज्ञान संकायमा दिवासत्रमा १६० र व्यवस्थापनमा दिवा र विहानी सत्रमा गरी २८० जना विद्यार्थी भर्ना लिइने विद्यालयले जनाएको छ । विज्ञान संकायमा दिवासत्रमा मात्र पढाई हुँदै आएको छ । विज्ञानमा विहानी सत्रमा कक्षा सञ्चालन गर्दा दिउसो १ बजेसम्म अध्यापन गर्नुपर्ने हुँदा विद्यार्थीलाई व्यवहारिक नभएकाले दिवामा मात्र सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयले हरेक बर्ष छात्रवृत्ति प्रदान गरेर न्यून आर्थिक अवस्थाका बालबालिकालाई समेत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।सगरमाथाले यसै शैक्षिकसत्रदेखी आफ्नै अत्याधुनिक भवनबाट कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
पोखरा—४ बागलुङबसपार्कमा विद्यालयले सुविधासम्पन्न भवन निर्माण गरिरहेको छ । विद्यार्थीहरूका लागि पर्याप्त मात्रमा फराकिलो खेलमैदान, अत्याधुनिक सुविधा सम्पन्न भवन, प्रयोगशाला, ई–लाइब्रेरी विद्यार्थीहरूको लागि उपलब्ध छन् ।
जहाँ सुरक्षित तवरले शान्त वातावरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् । टाढाबाट आउने विद्यार्थीहरूको सहजताको लागि बसको व्यवस्था रहेको विद्यालयले जनाएको छ ।