मुख्यमन्त्री पाण्डे संक्रामक तथा सरुवा रोग अस्पतालमा

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गर्नुभएको छ । आईतवार निरीक्षणमा मन्त्री पाण्डेले अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिनुभयो ।

‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरि सुविधा दिनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । संक्राम तथा सरुवा रोग अस्पतालमा उपचार गराईरहेका बिरामीबाट अन्य रोगका बिरामीमा संक्रमण नहोस् भन्ने उद्देश्यले उपचार सेवामा विषेश ध्यान दिन मुख्यमन्त्री पाण्डेले सुझाब दिनुभयो ।

अस्पतालमा उपचार गर्न जाने बिरामीको सजिलाकालागि ¥याम्प निर्माण भएको भएपनि लिफ्ट नहुँदा समस्या हुने गरेको डाक्टर बिकास गौचनले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले बिरामीको सुरक्षाकालागि लिफ्ट राख्न जरुरी भएको बताउँदै भन्नुभयो, ‘¥याम्प भएर आउजाउ गर्ने ठाउँपनि ब्यवस्थित गर्नुपर्ने रहेछ ।’

मुख्यमन्त्री पाण्डेले अस्पतालमा रहेका बिरामीको अवस्था, उपचार गराउन आउने दर, प्रविधि र उपकरणको उपलब्धता, जनशक्तिको अवस्था, भौतिक अवस्था लागयतका बारेमा जानकारी लिनुभएको थियो । सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्मा, अस्पतालका डाक्टर बिकास गौचन लगायतले अस्पतालको अवस्थाका बारेमा जानकारी गराउनुभयो ।

अस्पतालले छिट्टै डायलायसिस सेवा सुरु गर्ने गरी तयारी गरिरहेको छ । उक्त अस्पतालबाट जनरल ओपिडि सेवा देखि बिरामी भर्ना, उपचार नियमित हुँदै आएको छ ।

सरुवा तथा संक्रामक रोग लागेका बिरामीलाई छुट्टै आईसोलेट गरेर अन्य बिरामीलाई छुट्टै सेवा दिने गरिएको डाक्टर गौचनले बताए । पोखरा महानगर ३० स्थित प्रदेश सरकार मातहतको उक्त अस्पतालको अहिले नयाँ भबन निर्माणाधिन छ । निर्माणाधिन भबनको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले छिटो काम सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो ।

Comments
Loading...