हिमाली आवाज । चितवनको दासढुँगामा आज विहान बस दुर्घटना हुँदा ४० यात्रुहरु घाइते भएका छन्।

बिहान सवा ५ बजेतिर नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गा नजिकै काकडभिट्टाबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट खसेको हो।करिब १० मिटर तल खसेपछि बस रुखमा अड्किएको थियो।
बसमा सवार चालक सहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । घाइतेहरुको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ।