माछापुच्छ्रेको घाचोकमा बन्यो झोलुङ्गे पुल,अब २० मिनेटको बाटो एक मिनेटमै वारपार

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका—३ घाचोकमा निर्माण गरिएको झोलुङ्गे पुलले स्थानीयवासीको दिनचर्या सहज बनाएको छ ।

घाचोकको भुजेलथर खहरेखोल्सा खोला माथि ६७ मिटर लामो झोलुङ्गे पुल निर्माणसँगै वारपारका लागि स्थानीयवासीको समय बचत भएको छ ।
पुल नहुँदा दुई गाउँ वारपार गर्न २० मिनेट समय लाग्ने गरेकामा अहिले एक मिनेटमै वारपार गर्न सकिन्छ । पुलले घाचोकका १९१ घरधुरी सहित ९५५ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर भुजेलले झोलुङ्गे पुल बनेसँगै स्थानीयलाई धेरै नै सहज भएको बताउनुभयो ।उहाँले भीरको अप्ठ्यारो बाटो हुँदै खहरे तरेर वारपार गर्ने गरिउकामा पुल निर्माणसँगै स्थानीय जनताको दैनिकी सहज भएको बताउनुभयो ।

भुजेलले भन्नुभयो,“वारपार गर्न खहरेखोलामा अप्ठ्यारो बाटो झरेर आउने जाने गर्नुपथ्र्यो । समय धेरै लाथ्यो । अब भने मेलापात र घाँस दाउरा गर्न, विद्यार्थीलाई विद्यालय जान र स्वास्थ्यचौकीसम्म पुग्न सहज भएको छ । पुलका वारिपारि दुबैतिरका नागरिक लाभान्वित भएका छन्। ”

नेपाल सरकार झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रम अन्तर्गत स्वीस सरकारको प्राबिधिक सहयोग, प्रादेशिक÷प्राबिधिक सहयोग प्रदायक संस्था पिटिएसयु÷ पिटिएपि पोखरा ,स्थानीय उपभोक्ता र नौलो घुम्ती नेपालको गरी रु ३६ लाख ५८ हजार ७१० लागतमा पुल निर्माण गरिएको हो ।

पुल निर्माणका लागि झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको रु २३ लाख २५ हजार ९२०, टिबिएसयुको रु सात लाख ८६ हजार ७७६, गाउँपालिकाको रु चार लाख ७० हजार १७३, जनश्रमदान रु ७५ हजार ८४० लगानी भएको छ ।

पुल निर्माणका लागि विसं २०७७ माघ २७ गते सम्झौता भएर विसं २०८० असार १६ गते निर्माण सम्पन्न भएको हो । झोलुङ्गे पुलको शनिबार गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले विकट गाउँहरुलाई सहज बनाउनका लागि सम्भव हुने स्थानमा पुल निर्माण गर्ने पालिकाको योजना रहेको बताउनुभयो ।
पुल बनाउनका लागि निःशुल्क जग्गादान गर्नुहुने जग्गादाताहरु दल बहादुर भुजेल (बायाँ किनारा) र भीम कुमारी लम्साल÷ जगत बहादुर शाही (दायाँ किनारा) लाई सम्मान गरिएको थियो । पछिल्लो समय नेपाल सरकार झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रमबाट जिल्लाका दुर्गम तथा विकटबस्तीहरुमा धमाधम पुल निर्माण भइरहेका छन् । जसबाट विकट गाउँका नागरिकहरुलाई लाभ पुगेको छ ।

Comments
Loading...