आयल निगमले घटायो पेट्रोलियम पदार्थको भाउ

हिमाली आवाज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले काठमाडौं आज (आइतबार) राति १२ बजेदेखि लागू हुने गरि स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको हो ।

जस अनुसार पेट्रोलको मूल्य ६ रुपैयाँ घटाएको छ । प्रति लिटर १६४ रुपैयाँमा पेट्रोल पाइने छ।  त्यसैगरी डिजल र मट्टितेलको मूल्य ४ रुपैयाँ प्रति लिटरमा घटाएको छ। अब काठमाडौंमा डिजल र मट्टितेल १४६ रुपैयाँमा पाइनेछ। खाना पकाउने ग्यासमा १० रुपैयाँ घटेको छ। अब १७९० रुपैयाँमा ग्यास पाइने छ। ग्यासमा परल मूल्य कायम गरिएको छ।

Comments
Loading...