अब कम्पनी दर्ता तथा पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने

हिमाली आवाज । सरकारले कम्पनी दर्ता तथा पुँजी वृद्धि गर्दा लाग्ने दस्तुर छुट गर्ने  निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले शुल्क र दस्तुरसम्बन्धी व्यवस्था परिमार्जन गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेकी सरकारकी प्रवक्ता रेखा शर्माले कम्पनी दर्ता तथा पुँजी वृद्धि दर्ता लाग्ने दस्तुर छुट गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

Comments
Loading...