पोखरा—१२ का महिलाहरुलाई सीपमुलक तालिम प्रदान

हिमाली आवाज । पोखरा महानगरपालिका– १२ नम्वर वडा कार्यालयले आत्मनिर्भर बनाउन १८ जना महिलालाई सीपमुलक तालिम प्रदान गरेको छ ।

वडा कार्यालयद्धारा विनियोजित बजेटबाट महिला दिदिबहिनीहरुलाई तीन महिने व्युटिसियन तालिम संचालन गरिएको हो । बुधबार तालिमको समापन गर्दै वडाध्यक्ष सन्तोष बास्तोलाले महिलाहरुको आय स्तर उकास्नको लागि अझै एड्भान्स तालिमहरु संचालन गर्ने बताउनुभयो ।

‘यो भन्दा अझै फरक खालको तालिम दिने योजना छ । फुर्सदिला महिलाहरुलाई सीप सिकाएर आम्दनी बढाउने हाम्रो उद्धेश्य हो । त्यसैले समयलसमयमा यस्ता तालिमहरु संचालन गर्छौ,’ उहाँले भन्नुभयो ।

वडा कार्यालयले यस अघि पनि महिलाहरुको लागि सिलाइ कटिङ तालिम संचालन गरिसकेको छ । कार्यालयको करिव तीन लाख रुपैयाको बजेटबाट व्युटिसियन र सिलाइ कटिङ तालिम दिइएको हो । सीप सिकाएर आर्यआर्जन गर्न सघाउ पुगोस् भन्ने उदेस्यले तालिम दिइएको कार्यक्रम संयोजक तथा वडा सदस्य शाान्ति कोइरालाले बताउनुभयो ।

तालिममा वडाका १८ देखि ४५ वर्ष सम्मका महिलाहरुको सहभागीता रहेको थियो । यस्ता खालका तालिमहरु वडाका महिलालाई आवस्यक रहेको सहभागी इन्दिरा कोइरालाले बताउनुभयो ।

Comments
Loading...