हिमाली आवाज । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरा–२५ हेम्जा स्थित पोखरा–बाग्लुङ सडक खण्डमा दिनानुदिन बढ्दै गरेको सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
जनचेतनामूलक प्ले कार्ड र पम्पलेट सहित सञ्चालन गरिएको उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी, सवारी चालक तथा वडावासीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अस्थाई ट्राफिक प्रहरी पोष्ट बगरका ईन्चार्ज कृष्ण बहादुर लामिछाने आम नागरिकले आ–आफनो ठाउँबाट आपनो दायित्व पूरा गरेमात्र सडक दुर्घटना न्यूनीकरण र सुरक्षित समाज निर्माण गर्न सकिने बताउनु भयो ।
ट्राफिकको एकल प्रयासले मात्र सवारी दुर्घटना न्यूनीकरण गर्न असम्भव भएको भन्दै सबै बाट साथ र सहयोगको लागि अपिल समेत गर्नुभएको थियो । लामिछानेले उक्त कार्यक्रममा उपस्थित सबैलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण समेत गर्नुभएको थियो ।