माछापुच्छ्रेमा शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण÷नविकरण र मालपोत कर संकलन

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १ कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण तथा नविकरण र मालपोत कर संकलन शिविर गरेको छ ।

आइतबार वडामा आयोजित शिविरमा २७६ जनाले सामाजिक सुरक्षा भत्ता लिए भने सोही अवसरमा नविकरण समेत गरे ।

वडा कार्यालयले आव २०७९÷०८०को चौथो त्रैमासिक वापतको सामाजिक सुरक्षा भत्ता शिविर मार्फत प्रदान गरेको हो । शिविरमा मालपोत तथा घरधुरी कर वापत २७ हजार ३ सय ५८ रुपैयाँ ६५ पैसा संकलन भएको वडाध्यक्ष इन्द्रबहादुर गुरुङले बताउनुभयो ।

वडाबासीको सहजताका लागि आयोजना गरिएको शिविरमा मुक्तिनाथ विकास बैंक हेम्जा शाखा,टुसेस्थित माछापुच्छ्रे स्वास्थ्य चौकी, गाउँपालिकाका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखाका फिल्ड सहायक हेमन्तराज धिताल र सन्तोष अधिकारीले सहजिकरण गर्नुभयो ।

Comments
Loading...