लुम्लेमा नेकपा(एमाले)को गण्डकी प्रदेशस्तरीय प्रशिक्षण

हिमाली आवाज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश प्रशिक्षक प्रशिक्षण कास्कीको लुम्लेमा सुरु भएको छ । एमाले गण्डकी प्रदेश स्कुल विभागको आयोजनामा कास्की अन्नपूर्ण गाउँपालिकाले लुम्लेमा ३ दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको हो ।

साउन १२ गतेसम्म चल्ने प्रशिक्षणमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीसहित मायानाथ अधिकारी, नवराज शर्मा, राधाकृष्ण लामिछाने, बिके पराजुलीसहित नेताले प्रशिक्षण गराउनुहुनेछ ।

प्रशिक्षणमा गण्डकी प्रदेशका एक निर्वाचन क्षेत्रबाट १ र एक जिल्लाबाट १ गते ४७ जनाको सहभागिता रहेको एमाले गण्डकी प्रदेश कमिटी सदस्य केशव आचार्यले जानकारी दिनुभयो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई समृद्धिको अभियान बोक्ने पार्टी बनाउन र एमालेको विचारलाई जनतासम्म पु¥याउन प्रशिक्षक प्रशिक्षण कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“पार्टीको भौतिक उपस्थिति डिभाइस हो भने पार्टीको विचार सफ्टवेयर हो ।

समय अनुसार अपडेट हुन सकिएन भने आउटडेटेड भइन्छ, नेता कार्यकर्तालाई अपडेट गराउन यस्ता प्रशिक्षण आवश्यक पर्दछ । हाम्रो ३ दिनको बसाईले एमालेलाई समृद्धिको अभियान बोक्ने पार्टी बनाउन र एमालेको विचारलाई जनतासम्म पु¥याउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।”

उपमहासचिव ज्ञवालीले नमुनावादी कांग्रेस, राजा फर्काउने बास विचार भएको राप्रपा र अवसरवादी माओवादीले देशलाई समृद्ध बनाउन नसक्ने जिकीर गर्नुभयो । प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले एमालेबाहेक दलबाट समृद्ध सम्भव नरहेको दावी समेत गर्नुभयो ।

Comments
Loading...