चामल निर्यातको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह

हिमाली आवाज । अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफले भारतलाई चामल निर्यातको प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आईएमएफका चिफ इकोनोमिस्ट पेरि ओलिभर गुरिन्चासले चामल निर्यातको प्रतिबन्ध हटाउन भारतलाई आग्रह गर्नुभएको हो ।

आईएमएफको रिसर्च डाइरेक्टर समेत रहनुभएका उहाँले भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा विश्व भरनै चामलको मूल्य बढ्न जाने र त्यसले विश्वभर नै खाद्यान्नको मूल्य बढ्ने भएकोले आफ्नो निर्यमा पुनर्विचार गर्न आग्रह गर्नुभएको हो ।

यस्तो खालको प्रतिबन्ध विश्व कै लागि हानिकारक हुने बताइन्छ । भारत विश्व कै ठुलो चामल निर्यातकर्ता हो ।

Comments
Loading...