बोलेरो जीप कालीगण्डकीमा खस्यो, चालकको अवस्था अज्ञात

हिमाली आवाज । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ।

अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको सुमन किराना स्टोर्सको ग २ च १०३१ नम्बरको बोलेरो जीप कालीगण्डकीमा बेपत्ता भएको हो। सो गाडीसँगै म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थान घर भएका चालक कमलेश परियार बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

‘भीरकाटेको कालीगण्डकी किनारमा जीपको सिसा भेटिएको छ,’ उहाँले भन्नुभयो,‘जीप र चालकको अवस्था अज्ञात छ।’ प्रहरी, स्थानीयवासी र व्यवसायीको टोली गाडी र चालकको खोजीमा जुटेका छन्।सुमन किराना स्टोर्सका सञ्चालक सुमन श्रेष्ठका अनुसार दानामा सामान पुु¥याएर फर्कंदै गरेको जीपका चालकसँग शुक्रबार दिउँसो ३ बजेसम्म सम्पर्क भएको थियो। ३ बजेपछि सम्पर्क नभएको बताइन्छ ।

Comments
Loading...