पोखरा महानगरमा मलको मुल्य निर्धारण

हिमाली आवाज ।पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ क लागि मलको मुल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको हो ।

महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मुल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

उक्त बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुर प्रसाद बास्तोला र साल्ट टे«डिंग कर्पोरेशन लिमिटेड पोखराका प्रमुख बासुदेव उपाध्याय, महानगर सहकारी शाखा प्रमुख भरतराज पौडेल, महानगर सहकारी समितिका संयोजक रविरमण तिवारी, उपभोक्ता सहकारी संघका अध्यक्ष कृष्णप्रसाद बरालको उपस्थितिमा बैठकले निर्णय गरेको हो ।

मल डिपोदेखि बिक्र्री केन्द्रको दुरीका आधारमा प्रतिकेजी रु १९ रुपैयाँ ४५ पैसा देखि २१ रुपैयाँ ५ पैशा सम्म निर्धारण गरिएको छ । त्यस्तै डीएपीको ४८ रुपैयाँ ४५ पैशादेखि ५० रुपैयाँ ५ पैशार पोटासको मुल्य ३६ रुपैयाँ ४५ पैशादेखि ३८ रुपैयाँ ५ पैशासम्म तोएिको छ ।मल बिक्रीताले प्लाष्टिक झोलाको मुल्य प्रतिकिलो थप लिन सक्ने छन् ।

बैठकले पोखरा महानगर कृषिशाखामा सुचिकृत तथा बिक्र्री वितरण गर्नको लागि छनौट भएका २६ वटा वडाका ६७ केन्द्रबाट मल बिक्री वितरण भैरहेकोछ । मल बिक्री वितरणका लागि आर्थिक वर्ष २०७९÷८० मा बिक्री भएको आधारमा कोटा निर्धारण गर्ने निर्णय भएको मनहर कडरियाले जानकारी दिनुभयो ।

Comments
Loading...