नेवाःल्याम्ह पुचःकास्कीको अध्यक्षमा विनित जोजिजु

हिमाली आवाज । नेवाःल्याम्हपुचःकास्की को चौथो अधिवेशनले विनित जोजिजुको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

आजको भएको अधिवेशनले प्रथम उपाध्यक्षमा सुरेश कुमार श्रेष्ठ,दितिय उपाध्यक्षमा राजिव खिचाजु ,महासचिव रोशन मान्नधर , उपमहासचिव सविन श्रेष्ठ चयन गरेको छ ।

कोषाध्यक्षमा जीवन मर्सानी सहकोषध्क्ष आस्मा श्रेष्ठलाई चयन हुनुभयो । कार्यसमिति सदस्यहरुमा प्रशान्त श्रेष्ठ , प्रदीप श्रेष्ठ , अविजित श्रेष्ठ , रोमनमान श्रेष्ठ,सलिना माकाजु , रोहित श्रेष्ठ , मोनिका श्रेष्ठ , नरेश श्रेष्ठ , शशांक प्रधान , सुइन वजिमय , प्रेम श्रेष्ठ रहनुभएको छ ।

साधारण सभामा बोल्दै नेवा खलःकास्कीका अध्यक्ष अशोक पालिखेले जिल्लाभित्र २८ ठाउमा नेवारी समुदायको यस्ता खालका सस्थाहरु स्थापना भएको बताउनुभयो ।

अधिवेशनमा नेवाःपत्रकार पुचःकास्कीका अध्यक्ष अनिशा श्रेष्ठले नेवारी समुदायको कला संस्कृतिको प्रचार प्रसार गर्न पुचःले विभिन्न योजनाहरु समेत निमार्ण गरेको बताउनुभयो ।

कार्यक्रममा नेवाखलःकास्कीका सदस्य तथा भाषा प्रशिक्षक विक्रम उदासले नेवारी भाषालोप हुदै गएकोले सवैले नेवारी भाषा सिक्न अभियान संचालन गर्नुपर्ने बताउनुभयो ।

नेवा ल्याम्ह पुचःका पुर्व अध्यक्ष राम रजकलाई समुदायको संगठन विस्तारमा योग्दान पुराएको भन्दै सम्मान गरिएको थियो । निशान्त ताम्राकार र अनुप ताम्राकारलाई नेवारी समुदायको खिनवाजा प्रशिक्षण गरेको भन्दै ल्याम्हःपुचःले सम्मान गरेको थियो। निर्वतमान अध्यक्ष मधुसुधन जोशीले कोभीडका कारण नेवाःल्याम्हपुचःकास्कीले सोचे जस्तो कार्य गर्न नसकेको बताउनुभयो

कार्यक्रममा नेवाःमिस पुचःकास्कीका अध्यक्ष संगीता वज्रचार्य ,नेवा खल कास्कीका महासचिव सुविन्द्र श्रेष्ठ लगाएतले भनाई राख्नुभयो । कार्यक्रमको संचालन संस्थाका महासचिव शुरेसकुमार श्रेष्ठले गर्नुभएको थियो ।

Comments
Loading...