पोखराको सगरमाथामा नवआगन्तुक विद्यार्थीको स्वागत तथा सम्मान

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारमा अवस्थित सगरमाथा माध्यमिक विद्यालयमा आज कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत गरिएको छ ।

विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच नवआगन्तुक विद्यार्थीलाई स्वागत सहित विद्यालयबाट अध्ययन पूरा गरेर विभिन्न क्षेत्रमा उत्कृष्ट विद्यालाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमख अतिथि ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चाल क्याम्पस लामाचौरका पोखराका क्याम्पस प्रमुख ईन्जिीनियर निर्मलप्रसाद बराल, वडा नं ९ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य दीपेन्द्र मर्सानि, विद्यालयका प्राचार्य धनबहादुर थापा लगायतले हालै कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि इन्जिनियर बरालले विद्यार्थी, शिक्षक र अभिभावकको त्रिपक्षीय भूमिकाबाट मात्र विद्यार्थीले सफलता प्राप्त गर्ने बताउनुभयो । उहाँले विद्यार्थीको मनमा आउने कौतुहलतालाई पूरा गराई असल विद्यार्थी निर्माण गर्न विद्यालयलले ध्यान दिनुपर्ने बताउनुभयो ।
पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आफ्नो वडामा राष्ट्रिय स्तरको विद्यालय रहेको भन्दै गर्व महशुस हुने बताउनुभयो । विद्यालयको भौतिक तथा शैक्षिक विकासमा वडाले आवश्यक सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

विद्यालयका प्राचार्य धनबहादुर थापाले कडा मिहिने गरेर अध्यन गर्न विद्यार्थीलाई सुझाव दिनुभयो । विद्यालयले गण्डकी प्रदेशमा मात्र नभई देशमै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा पहिचान बनाएको बनाएकाले गुणस्तरीय शिक्षाका कारण विद्यालयबाट उत्पादित विद्यार्थी आफ्नो पेशामा जहिलेपनि अब्बल बन्न सकेको उल्लेख गर्नुभयो ।

प्राचार्य थापाले भन्नुभयो,“ स्थापनाको समयमा जसरी हामीले देशमै उत्कृष्ट नजिता हासिल गरेर सम्मानित भएका थियौँ । सोही लयलाई अहिले पनि कामयै राख्न सफल छौँ ।”

सगरमाथा निकेतन विद्यालयका प्रिन्सिपल दीलिप शर्माले उत्कृष्ट शैक्षिक वातावरणका लागि सगरमाथाले छुट्टै पहिचान बनाएको थियो ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पेट तथा छाती रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल, पूर्व विद्यार्थी एवं माई सेकेण्ड टिचर गण्डकी प्रदेश प्रमुख विवेक श्रेष्ठले शैक्षिक क्षत्रमा सगरमाथाको ठूलो भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा यस विद्यालयबाट हालसालै उत्तीर्ण गरी मेडिकल तथा इन्जीनियरिङ्ग विषयमा पूर्णछात्रवृत्तिमा पढ्न सफल ६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । साथै कक्षा ११ र १२ का उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । स्वागत कार्यक्रमका अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रस्तुत गरेका थिए ।

Comments
Loading...