हिमाली आवाज । फोहोरमैलाबोकेका पोखरा महानगरपालिकाका गाडीहरूले १३ दिनपछि ल्याण्डफिल साइट लामेआहाल पुगेर फोहोर बिर्सजन गरेका छन् ।
महानगरको अस्थायी ल्याण्डफिल साइट सञ्चालनमा स्थानीयहरूले अवरोध गरेपछि फोहोरका गाडीहरू १२ दिनदेखि त्यस स्थानमा जान दिइएको थिएन ।

मङ्गलवार बिहान पोखराको दमकल शाखाबाट छुटेका फोहोरका ३० वटा गाडीहरूले वडा नं.३२ लामेआहाल स्थित अस्थायी ल्याण्डफिल पुगेर फोहोर बिर्सजन गरेका हुन् ।
सोमबार बसेको जिल्ला सुरक्षा समितिकास्कीको बैठकलेफोहोर बिर्सजनको काममा भैरहरको स्थानीय अवरोधलाई समन्वयात्मक ढङ्गले हटाउँदै फोहोर बिसर्जन गर्ने कार्यलाई सुचारु गर्ने निर्णय गरेसँगै मगंलबार फोहोर बिसर्जन गरिएको हो ।