पोखराको विन्ध्येश्वरी आदर्श स्कुलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १ मोहोरियामा अवस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।‘‘गुणस्तरीय शिक्षा,अनुशासन र ज्ञान’’भन्ने मूल नाराका साथ विद्यालय अगाडि बढिरहेको छ ।

विद्यालयको त्रैमासिक परीक्षाफल अनुसार कक्षा नर्सरीबाट छात्र सौजन्य गायन प्रथम, छात्रा माहिरा गुरुङ द्वितीय र छात्रा निरोशा पाइजा तृतीय हुनुभयो । कक्षा एल.के.जी.बाट छात्रा सनम बराइली प्रथम, छात्र सुप्रिम थापा द्वितीय र छात्र देव बि.क. तृतीय हुनुभयो ।

यसैगरी कक्षा यु.के.जी.बाट छात्रा यान्ना रानामगर प्रथम, छात्र एडेन गुरुङ द्वितीय र छात्राहरुद्वय आकाङ्क्षा आठा र पारोमिता मोण्डल तृतीय हुनुभयो ।
कक्षा एकबाट एन्जिला थापा प्रथम, दिपिसा न्यौपाने द्वितीय र शिवानी बि.क. तृतीय हुनुभयो ।कक्षा दुईबाट उत्कर्ष विष्ट प्रथम, अङ्कित मन्ना द्वितीय र साईशा तामाङ तृतीय भएको विद्यालयले जनाएको छ ।

कक्षा तीनबाट युनिका खनाल प्रथम, सखिम बास्तोला द्वितीय र अनुस्का पौडेलले तृतीय स्थान हासिल गुर्नभयो ।कक्षा चारबाट सिद्धान्त के.सी. प्रथम, श्रीषा तिमिल्सिना द्वितीय र दिप्सन न्यौपाने तृतीय हुनुभयो । कक्षा पाँचबाट आदित्य लम्साल प्रथम, सविता सुनार द्वितीय र पेरिस पौडेल, कक्षा छ बाट अंकिता पौडेल प्रथम, मेहुली मन्ना द्वितीय र बिनायक गिरी तृतीय हुनुभयो। कक्षा सातबाट दिवस घिमिरे प्रथम, प्रिस्किला तामाङ द्वितीय र सृष्टि खड्का र प्रोमिता बाला तृतीय हुनुभयो ।

कक्षा आठबाट प्रशंसा कार्की प्रथम, अंशु भुजेल द्वितीय र श्रीष बुद्धाचार्य तृतीय हुनुभयो । यसैगरी कक्षा नौबाट अनिता बि.क. प्रथम, निर्शरा पौडेल द्वितीय र शिशिर तिमिल्सिना तृतीय हुनुभयो । कक्षा दशबाट कृष श्रेष्ठ प्रथम, दीक्षा घिमिरे द्वितीय र मन्जिल तामाङ तृतीय हनुभुएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठल ेप्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो । उहाँले विद्यार्थीहरु अझ बढी शैक्षिक उन्नयत र प्रगतितर्फ प्रोत्साहन होस् भन्ने हेतुले प्रत्येक त्रैमासिक परीक्षाको अवधिमा उत्कृष्ट नतिजा हासिल गर्ने र जेहन्दारहरुलाई छात्रवृति प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।

Comments
Loading...