पोखरामा करेन्ट लागेर ३० वर्षीया महिलाको मृत्यु

हिमाली आवाज । पोखरामा करेन्ट लागेर एक जनाको निधन भएको छ । पोखरा–१८, सराङकोट गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापाको करेन्ट लागेर मृत्यु भएको हो ।

उहाँको घरमा पालेका कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिनुभयो ।
थापाको पोष्टमार्टम पछि बुधवार पोखरास्थित रामघाटमा अन्तेष्टी गरिएको छ । उहाँका श्रीमान् तथा नाबालक १ छोरा (११ वर्षे) र १ छोरी (७ वर्षे) हुनुहुन्छ ।

Comments
Loading...