हिमाली आवाज । पोखरामा आज नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका—१७ घारीपाटन निवासी डिल्लीराम अधिकारीका छोरा सम्वोधन अधिकारी दिउसो सोही वडाको पावर हाउस नजिक नहर कुलोमा पौडी खेल्ने क्रममा बगेका थिए ।

बेपत्ता बालकको खोजी गर्ने क्रममा घटनास्थलभन्दा एक सय मिटर तल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।बालकलाई खोजीका क्रममा सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट खटिएको टोलीले फेला पारेको थियो ।
बालकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।