हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले आफ्नो वडाका तालहरु बेचेर कसैलाई पनि खान नदिने प्रतिवद्धता जनाउनुभएको छ ।
पोखरा २६ मा भएको सार्वजानिक सुनुवाईमा जनताले राखेका जिज्ञासाको सम्बोधन गर्दै, अध्यक्ष थापाले वडामा रहेको खास्टे, निउरेनी र गुँदेताल बेचेर खान कसैलाई नदिने उल्लेख गर्दै भन्नुभयो,“ताल स्थानिय सरकारको सम्पती हो, कसैले धन्दा चलाएर वा बेचेर खान पाउदैन ।”
सरकारी सम्पति अतिक्रमणको बिषयमा उठेको प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष थापाले भन्नुभयो,–‘कसैलाई सार्वजानिक सम्पति खान्छु भन्ने लागेको छ भने त्यो भ्रम हो । हामीले हाम्रो सम्पती के कति छ ? खवर पाम भनेर नापी र मालपोत कार्यालयसँग सूचना मागेका छौँ । सार्वजानिक सम्पति माथी कसैले गिद्दे नजर नलगाए हुन्छ । ’
पोखरा २६ ले गरेको सार्बजानिक सुनुवाईमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा, महाशाखा प्रमुखहरु जयराम पौडेल, भरतराज पौडेल, कृष्ण तिवारी र पोखरा महानगरका वडाअध्यक्षहरु किरण बराल, सन्तोष बास्तोला, दिपेन्द्र मरसानी, तारेण बहादुर बानियाँ र दुर्गा सुवेदीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख प्रशाकिय अधिकृत श्याम कृष्ण थापाले कार्यक्रममा सहभागिको संख्या र कार्यक्रमको नमूनाका बारेमा प्रशंसा गरेर आगामी दिनमा सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो।

कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, नागरिक समाज, आमा समुह, युवा क्लव र बिभिन्न समुदायका समुहहरुको सहभागिता थियो ।
कार्यक्रममा वडा सदस्य तिर्थ बहादुर राजभाटले स्वागत गर्नुभएको थियो भने वडाका सचिब मिना भट्टराई भण्डारीले वडाको प्रगति प्रतिबेदन पेश गर्नुभयो । कार्यक्रम संचारकर्मी शुरेस रानाभाटले संचालन गरेको कार्यक्रमहरुमा वडा सदस्यहरु लक्ष्मीदेवी भट्टराई,सुजता वराल सुनार र सुदिपराज ढुङ्गाना सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाईमा सेवा प्रवाह र सुशासनको सम्वन्धमा सेवाग्राहीले सन्तुष्टी व्यक्त गरेका थिए । सार्वजनिक सुनुवाईको अवसरमा वडाको बृत्तचित्रको बिशेष प्रदर्शन गरिएको थियो बृत्तचित्रको लेखन तथा निर्देशन सौगात पोखरेलले गर्नुभएको थियो ।