हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेल(सुनिल)ले आज पदवहाली गर्नुभएको छ ।
पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीका पदाधिकारीहरुको जिम्मेवारी तोकेसँगै पौडेलले गण्डकीको पार्टी इन्चार्जको जिम्मेवारी पाउनुभएको थियो ।यसअघि गण्डकीको इन्चार्ज हितराज पाण्डे रहनुभएको थियो ।
पार्टीका केन्द्रीय सचिव समेत रहनुभएका नेता पौडेलले आज पोखराको बुद्धचोकस्थित पार्टी प्रदेश कार्यालयमा पुगेर पदबहाली गर्नुभएको हो । सो अवसरमा उहाँले गण्डकीको पार्टीलाई एकतावद्ध बनाएर बनाउँदै नयाँ उचाईमा पु¥याउने अठोट गर्नुभएको छ ।
इन्चार्ज पौडेलले पार्टीले तय गरेको तीन महिने पार्टी रुपान्तरण अभियानलाई गण्डकी प्रदेशभर प्रभावकारी बनाइने र एउटा पनि जनताको घर नछाडिकन सबै घरमा पुग्ने योजना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“पार्टीले तय गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई गण्डकीमा भव्य र प्रभावकारी बनाउँछौँ । जनतासँग प्रत्यक्ष साक्षात्कार गछौँ र नयाँ सन्दर्भमा जनयुद्धकालीन स्टाइलमा परिचालित हुनेछौँ ।”
इन्चार्ज पौडेलले पार्टी अभियानका बारेमा छलफल गर्नका लागि आगामी भदौ २ गते पार्टी प्रदेशको पूर्ण बैठक बस्ने र महत्वपूर्ण निर्णय गरिने जानकारी दिनुभयो । इन्चार्ज पौडेलको पदवहाली कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य हरि अधिकारी(कुमार), पार्टी प्रदेश कमिटीका अध्यक्ष गायत्री गुरुङ, प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैह्े, प्रदेशका सचिव जगन्नाथ खनाल, बाग्लुङ इन्चार्ज बलाबती शर्मा लगायतको उपस्थिति थियो ।