हिमाली आवाज । ‘‘गुणस्तरीय शिक्षा,अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत आज विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।
कार्यक्रममा चेसतर्फबाट मा.वि.तहमा कक्षा १० का कृष श्रेष्ठ प्रथम, कक्षा ८ का श्रीष बुद्धाचार्य द्वितीय हुनुभयो । आधारभुत (जुनियर) तर्फ कक्षा ५ का आदित्य लम्साल प्रथम र कक्षा ४ का सिद्धान्त के.सी. द्वितीय स्थान हासिल गर्नुभयो ।
यसैगरी मा.वि.तर्फ टेबल टेनिसमा कक्षा १० का सुदीप न्यौपाने प्रथम र सोही कक्षाका दिपेश क्षेत्री द्वितीय, आधारभुत (सिनियर) तर्फ कक्षा ६ मा अध्ययनरत छात्र आयुष बि.क. प्रथम र कक्षा ५ मा अध्ययनरत छात्र पेरिस पौडेल द्वितीय हुनुभयो । यसैगरी छात्राहरुको बास्केटबल प्रतियोगिता पनि सम्पन्न भएको छ । बास्केटबलमा अल्फा (रातो) सदन प्रथम र बेटा (निलो) सदन द्वितीय भएका छन् ।

यसैगरी पूर्व प्रा.वि. तहतर्फको बेलुन रेस (दौड) प्रतियोगितामा कक्षा नर्सरीबाट छात्र सौजन्य गायन प्रथम, छात्र सौम्य पोर द्वितीय र छात्र ब्रेसन थापा तृतीय हुनुभयो । कक्षा एल.के.जी.बाट छात्र देव बि.क.प्रथम, छात्रा प्रिति कोना मोण्डल द्वितीय र छात्रा सनम बराइली तृतीय हुनुभयो ।
यसैगरी कक्षा यु.के.जी.बाट छात्र सुगम पौडेल प्रथम, छात्र एडेन गुरुङ द्वितीय र छात्रा ब्रेलिसा वाइबा तृतीय हुनुभयो भने कक्षा एकबाट छात्र अबिरल सुवेदी प्रथम, छात्रा इभानी बास्तोला द्वितीय र छात्रा क्रेलिसा बि.क. तृतीय भएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन तथा समापन गर्दै विद्यार्थीहरु शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहनको लागि यस्ता विविध कार्यक्रमले सहयोग पुग्ने बताउनुनभयो । कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।