हिमाली आवाज । कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका—३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं.३–०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका—६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोटरसाइकल रुपा गाउँपालिका— ६ निगालझाँप्रा स्थित भित्री सडक खण्डमा सडकबाट अन्दाजी ८०÷९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खस्न पुगेको बताइन्छ ।
दुर्घटना लगत्तै घाइतेहरुलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याइएको थियो ।
चिकित्सकले चेकजाँचका क्रममा दुबै जनालाई मृत घोषणा गरेका थिए । प्रहरीले दुर्घटनाको कारण बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।