त्रिशूली बस दुर्घटना अपडेट:आठ जनाको मृत्यु, १५ जना घाइते

हिमाली आवाज । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा आठ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिनुभयो ।

काठमाडौंबाट पोखरा हुँदै बेनी आउँदै गरेको े प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहानसडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

अहिले उद्धार कार्य जारी रहेकाले घटनाको विस्तृत विवरण आज अझै बाँकी रहेको बताइन्छ ।

Comments
Loading...