पोखराको स्पाइरल ग्यालेक्सी माविमा नवआगन्तुक विद्यार्थीको स्वागत

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १ सिम्पानीमा अवस्थित स्पाइरल ग्यालेक्सी एकेडेमी माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

शैक्षिक सत्र २०८० को कक्षा ११ मा भर्ना भई अध्ययन गर्ने नव आगन्तुक विद्याथीलाई हौसला प्रदान गर्ने उद्देश्यले कक्षा १२ का विद्यार्थीहरूले भव्य ढङ्गले स्वागत कार्यक्रम सम्पन्न गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालययका संस्थापक निर्देशक अर्जुन प्रसाद चपाईले विद्यार्थीहरूलाई खादाले स्वागत गर्दै लगनशील भई अघि बढ्न र आवश्यक सहयोगको लागि विद्यालयको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको सम्पूर्ण संयोजन संस्थापक व्यवस्थापक सुदीप पौडेल र शिक्षक, दिनेश शर्माले गर्नुभएको थियो । उक्त कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरु, सम्पूर्ण उपस्थित शिक्षक– शिक्षिका र बसचालक समेतलाई कक्षा १२ का विद्यार्थीहरूले अबीर,माला र खादाले भव्य सम्मान गरेका थिए। विद्यालयका संस्थापक सह–प्राचार्य प्रेम शर्मा तिमिल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा ज्योती तामाङ, टीका पुन, अमित वि.क. लगायतका थुप्रै विद्यार्थी तथा कलाकारका बेजोड प्रस्तुतीहरुले कार्यक्रम उल्लासमय भएको थियो ।

कलाकारहरूले परम्परागत भेषभूषामा गरेका अत्यन्त आकर्षक प्रस्तुतिले दर्शकलाई भरपूर्ण मनोरन्जन गराउनुको साथै संस्कृतिको समेत जगेर्ना गर्न सघाउ पुगेको देखिन्थ्यो।

Comments
Loading...