पोखराबाट माछापुच्छ्रे जाँदै गरेको जीप दुर्घटनामा १० जना घाइते

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकामा आज बोलेर जीप दुर्घटनामा परी १० जना घाइते भएका छन् ।
पोखराबाट माछापुच्छ«े गाउँपालिकाको इदीखोला जाँदै गरेको ग ३ च ५८३८ नम्बरको बलेरो जीप मनिलालमार्ग स्थित मर्दीपुल नजिक दिउसो अन्दाजी ३ बजेको समयमा सडकबाट १५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।

जीपमा सवार १० जना मध्ये आठ जना समान्य उपचारपछि साँझ घर फर्किएको र दुई जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको माछापुच्छ«े गाउँपालिका—९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार तीव्र गतिको जीप सडकको घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

वडाध्यक्ष क्षेत्रीले भन्नुभयो,“सडकबाट १५ मिटर जति तल खसेको जीप उत्तिसको रुखमा अड्किएको कारण ठूलो मानविय क्षति टरेको छ । तीव्र गतिका कारण दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छौँ ।”

दुर्घटनामा पर्नुभएका जीप चालक गिरधारि गौतम सहित यात्रुहरु हरिमाया भण्डारी,बिष्णु भण्डारी ,गीता भण्डारी ,बिनिता भण्डारी, सीता भण्डारी,लक्ष्मी भण्डारी र नानि भण्डारी अहिले उपचारपछि घर फर्किसक्नुभएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । त्यसैगरी गंगा अधिकारी र हिमाली गौतम उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइन्छ ।

Comments
Loading...