पोखरा आदर्श स्कुलका विद्यार्थीलाई बाल संस्कार कार्यक्रम सुरुआत

हिमाली आवाज । पोखरा महानगरपालिका—१ बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी विद्यालयमा विद्यार्थीहरुका लागि अत्यन्त उपयोगी बाल संस्कार कार्यक्रम आजदेखी सुरु गरिएको छ ।

आगामी ५ दिन सम्म संचालन हुने सो कार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुको उपस्थिति  रहेको विद्यालयका सहप्राचार्य ज्ञानेश्वर सुबेदीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

पश्चिमी संस्कृतिको अनुकरण भइरहेको वर्तमान सन्दर्भमा विद्यार्थीहरु माझ नेपाली पन, नेपालीत्व , नेपाली संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले सो कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा सेवाका लागि युवा नेपालका अध्यक्ष छेवाङ कर्म तामाङको सभापतित्वमा संचालन र सहजकर्ताका  रूपमा सेवाका लागि युवा नेपालका अध्यक्ष  छेवाङ कर्म तामाङ र सदस्य विष्णु काफ्ले रहनुभएको थियो । प्रमुख अतिथि विद्यालयका संस्थापक ÷ प्राचार्य फणिन्द्रप्रसाद अधिकारीले  बाल संस्कार कार्यक्रम बालबालिकाहरुका लागि अत्यन्त उपयोगी रहेको धारणा राख्नुभयो ।

कार्यक्रमका सहजकर्ता  छेवाङ कर्म तामाङले विद्यार्थीहरुलाई नैतिक शिक्षाको महत्तव अनि आध्यात्मिक ज्ञानका बारेमा ज्ञान दिनुभयो ।

कार्यक्रममा  विद्यार्थीहरुलाई  योग, ध्यान , मत्रोच्चारण आदिको माध्यमबाट ब्यावहारिक ज्ञान प्रदान गरिएको विद्यालयले जनाएको छ । सहजकर्ता विष्णु काफ्लेले राष्ट्रप्रेम ,भ्रातृत्व जगाउने खालका महत्वपूर्ण सामग्री प्रस्तुत गर्नुभयो ।

Comments
Loading...