पोखरामा भदौ १५ गते समाजवादी मोर्चाको प्रदेशस्तरीय सभा

हिमाली आवाज । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र सहित चार दल सम्मिलित समाजवादी मोर्चाको पोखरामा सन्देश सभा हुने भएको छ ।

माओवादी केन्द्रको आयोजनामा यही भदौ १५ गते पोखरासभागृहमा दिनको १२ बजे गण्डकी प्रदेशस्तरीय सभा आयोजना गर्न लागिएको हो ।

सभामा प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले सम्वोधन गर्ने कार्यक्रम रहेको नेकपा(माओवादी केन्द्र) पोखरा महानगर समितिका अध्यक्ष हरिनारायण गिरी(विज्ञान)ले जानकारी दिनुभयो ।

समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्ध छन् । माओवादी केन्द्रसहित चार दलले गत ४ असारमा समाजवादी मोर्चा घोषणा गरेका थिए।

Comments
Loading...