पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानको ड्रुक एयरले सिधा उडान गर्ने

हिमाली आवाज ।  भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ९ सेप्टेम्बर अर्थात भदौ २३ गते पारोबाट पोखरामा चार्टर्ड उडान गर्न अनुमति पाएको हो ।

चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत गर्न प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । न्यारोबडी जहाज पोखराबाट पारोनै उड्नेछ ।

अंग्रेजी नयाँ वर्षको १ जनवरी २०२३ का दिन उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ । आन्तरिक उठान भने नियमित हुदै आएको छ । पोखराबाट लामो समयसम्म अन्तर्राष्ट्यि उडान नहुँदा यहाँका पर्यटन व्यवसायी लगायत सबैजना चिन्तित छन् ।

Comments
Loading...